काठमाडौं — साताको कारोबारको दोस्रो दिन मंगलबार सेयर बजारमा सामान्य सुधार देखिएको छ। नेप्से परिसूचक ११.९६ अंकले बढेर २ हजार ५७८ अंकमा पुगेको छ।

बजार बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँमा सीमित भयो। आज १६९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्यमा कुनै परिवर्तन भएन।

समूहतर्फ सबैजसो सूचकमा सामान्य वृद्धि देखियो। बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र व्यापारलगायतका समूह बढ्दा निर्जीवन बीमा र माइक्रोफाइनान्स समूहमा भने सामान्य गिरावट आएको छ।

कारोबारका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहे। मूल्य वृद्धितर्फ त्रिशूली जलविद्युत्, सालपाको विकास बैंक, हाथवे इन्भेस्टमेन्ट, बुटवल पावर र लिबर्टी इनर्जीका लगानीकर्ता लाभान्वित भए।