काठमाडौं । चर्चित कलाकार दिपक क्षेत्रीको ५८ बर्षको उमेरमा निधन भएको छ । आफ्नै कोठामा चुकुल लगाएर सुतिरहेका क्षेत्रीलाई प्रहरीले शनिबार मृत अवस्थामा भेटेको हो ।


ADVERTISEMENT


क्षेत्री काठमाडौं डिल्लिबजारमा परिवार सहित बस्दै आएका थिए ।


ADVERTISEMENT

# # #


श्रीमती बिपना बस्नेत मलेसियामा रहेका कारण उनी आएपछि भोलि आईतबार क्षेत्रीको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ ।

क्षेत्रीलाई अहिले शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको निर्देशक यादव कुमार भट्टराईले हिमालय पोष्टलाई जानकारी दिएका छन् ।

झोला, ६ मायाँ छपक्कै, सिमाना, सेतो सूर्य  लगायत डेढ सय भन्दा बढी चलचित्रमा अभिनय दिएका क्षेत्रीले नेपाली चलचित्र उद्योगलाई ठूलो योगदान पूर्याएका छन् ।

”दिपक क्षेत्री अभिनयमा अद्भुत क्षमता र लेखनमा पनि उत्तिकै प्रतिभाशाली हुनुहुन्थ्यो,  निधनको खबर पत्याउनै मुस्किल परिरहेको छ, ”चलचित्र झोलामा काम गर्दाको सम्झना गर्दै निर्देशक यादव कुमार भट्टराईले भने ”उहाँको निधनसंगै नेपाली चलचित्र उद्योगले कलाको एक नक्षत्रलाई गुमाएको छ ।”