Author: Himalaya Post

‘जनताको आवाज संसदमा सशक्त उठाउन कांग्रेस नेता–कार्यकर्ता सुसूचित हुनुपर्छ’- कांग्रेस सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन थापाले प्रतिपक्षको भूमिकामा रहेको कांग्रेसले संसदमा जनसरोकारका विषय प्रभावकारी र सशक्त रूपमा उठाउन पार्टीका नेता तथा कार्यकर्ता निरन्तर सुसूचित हुनुपर्ने बताएका छन्। एक कार्यक्रममा बोल्दै थापाले अहिले कांग्रेसको प्रमुख जिम्मेवारी सरकारका कामको निगरानी गर्नुका साथै जनताका समस्या, गुनासा र सरोकारका विषयलाई संसदसम्म पुर्‍याउनु रहेको बताए। त्यसका लागि नेता तथा कार्यकर्ता केवल राजनीतिक गतिविधिमा मात्र सीमित नभई समसामयिक, आर्थिक, सामाजिक तथा नीतिगत विषयमा अध्ययनशील र जानकार हुनुपर्ने उनको भनाइ छ। थापाले संसदमा उठाइने विषय तथ्यमा आधारित र स्पष्ट हुनुपर्नेमा जोड दिए। जनताका वास्तविक समस्या बुझेर त्यसलाई नीतिगत बहसका रूपमा संसदमा प्रस्तुत गर्न सके मात्रै...

Read More

ब्रेन ट्युमरको पीडाबीच दीपाश्रीको सकारात्मक सोच, दीपकराजले खोले भावुक पाना

काठमाडौं – अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला ब्रेन ट्युमरसँगको कठिन संघर्षपछि स्वास्थ्यलाभ गरिरहेकी छन्। जन्मदिनको अवसरमा अभिनेता तथा निर्माता दीपकराज गिरीले दीपाश्रीको उपचारका क्रममा देखाएको साहस, आत्मविश्वास र सकारात्मक सोच सम्झिँदै भावुक शुभकामना दिएका छन्। दीपकराजका अनुसार जटिल मस्तिष्क शल्यक्रियापछि होसमा आएलगत्तै दीपाश्रीले नर्ससँग आफ्ना श्रृंगारका सामग्री ल्याइदिन आग्रह गरेकी थिइन्। आफूलाई चिटिक्क पार्दै उनले ‘म बिरामी जस्तो देखिनु हुन्न, मलाई देखेर अरू बिरामीमा पनि ऊर्जा आउनुपर्छ, बाँच्ने चाहना जाग्नुपर्छ’ भनेकी थिइन्। चलचित्र ‘माया छपक्कै २’ को छायांकनका क्रममा ब्रेन ट्युमर भएको पत्ता लागेपछि अस्पताल भर्ना भएकी दीपाश्रीले आफ्नै स्वास्थ्यभन्दा चलचित्रको काम रोकिएला भन्ने चिन्ता गरेको दीपकराजले बताएका छन्।...

Read More

शंखमुल होस्टल हत्याकाण्ड : सञ्चालकसहित ३ आरोपी पक्राउ, ५ दिनको म्याद

काठमाडौं- शंखमुलस्थित भ्याली होस्टलमा २२ वर्षीय युवकको हत्या प्रकरणमा पक्राउ परेका तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले घटनामा संलग्न रहेको आरोपमा कलैया–३ का १९ वर्षीय शेखर यादव, १९ वर्षीय प्रमित पटेल र होस्टल सञ्चालक २३ वर्षीय आलोक ठाकुरलाई सार्वजनिक गरेको हो। प्रहरीका अनुसार भदौ ५ गते बिहान दाङका २२ वर्षीय वसन्त कालाथोकीमाथि चक्कु प्रहार भएको थियो। गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि सिभिल अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै तीन जनालाई पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरूमाथि जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले...

Read More

‘कर्मचारीतन्त्रका कारण नेपालको आर्थिक नीति जटिल बन्यो’ : चेम्बर अध्यक्ष अग्रवाल

काठमाडौं- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले कर्मचारीतन्त्रका कारण नेपालको आर्थिक नीतिहरू जटिल बन्दै गएको बताएका छन्। आइतबार नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा बोल्दै अध्यक्ष अग्रवालले नेपालमा प्राकृतिक स्रोत र सम्भावना प्रशस्त भए पनि सही आर्थिक नीतिको प्रभावकारी कार्यान्वयन हुन नसक्दा मुलुकले अपेक्षित गति लिन नसकेको बताएका हुन्। उनले कानुनी सुधारका नाममा हुने ढिलासुस्ती र प्रशासनिक झमेलाले संसदबाट पारित भएका कानुनसमेत कर्मचारीतन्त्रले नियमावली तथा कार्यविधिको नाममा उल्ट्याउने गरेको आरोप लगाएका छन्। अग्रवालले नेपालमा पर्याप्त प्राकृतिक स्रोत र सम्भावना रहेको उल्लेख गर्दै सही नीति, सरकारको इच्छाशक्ति र प्रभावकारी कार्यान्वयन भए...

Read More

शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी बनाउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं- शिक्षा मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी ढङ्गले अगाडि बढाइने बताएका छन् । आइतबार राजधानीमा आयोजित विद्यालय शिक्षा विधेयकका सन्दर्भमा विभिन्न सरोकारवालाहरूबिच भएको छलफलमा शिक्षा मन्त्री पोखरेलले निर्माणाधीन विद्यालय शिक्षा विधेयक, नियमावली तथा नीतिहरूलाई व्यावहारिक र दीर्घकालीन समाधान दिने गरी अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । मन्त्री पोखरेलले विद्यार्थीमैत्री शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकता रहेको स्पष्ट पारेका छन्। उनले सरकारले सरोकारवालाहरुको आवाजलाइ औपचािरक रुपमा नराखी ऐन र नियमका रुपमा समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्री पोखरेलले तिनै तहका सरकारबिच समन्वय र अधिकार स्पष्टता हुनुपर्नेमा जोड दिएका छन् । मन्त्री पोखरेलले कुल बजेटको कम्तीमा बीस...

Read More