टोल टोलमा साकेलाको रौनक
खोटाङ – स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै पूर्वी पहाडी जिल्ला खोटाङमा किराँत समुदायको महान् चाड साकेला (उँभौली)को रौनक छाएको छ । अहिले किराँत समुदायको बसोबास रहेको हरेक टोलमा ढोल–झ्याम्टा र साकेला गीतले गाउँ नै गुञ्जयमान बनेको छ । ‘खेतीपाती सप्रियोस, रोगब्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित पितृ तथा भूमिको पूजाआजा गर्दै महिना दिनसम्म साकेला (उँभौली) मनाउने चलन छ । साकेलाको अवसरमा परम्परागत वेषभूषामा सजिएका दाजुभाइ, दिदीबहिनी, बुवाआमा, इष्टमित्र भेला भएर गोलो घेरामा ढोल र झ्याम्टा बजाउँदै साकेला गीत गाउँदै गोलो घेरामा साकेला सिली नाच्ने गरिन्छ । घर–घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूिमको पूजाआजा गरेपछि साकेला गीतको...
Read More