काठमाडौँ – उपप्रधानमन्त्री एवम् कानुनमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको । पार्टीको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT


समाजवादी पार्टीबाट उपेन्द्र यादवसहित दुईजना मन्त्री सरकारमा रहेका छन् । समाजवादी पार्टीका मन्त्रीहरुले आजै प्रधानमन्त्रीसामू राजीनामा दिने बताइएको छ ।


ADVERTISEMENT

# # #


संविधान संशोधनको मुद्दा बोकेर पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा समाजवादी पार्टी सरकारमा गएको थियो । उपप्रधानसहित स्वास्थ्यमन्त्री बनेका उपेन्द्र यादवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो मन्त्रीपरिषद् हेरफेरमा कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए । यस्तै मोहम्मद इस्तियाक राई शहरी विकास मन्त्री रहेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा यादवले संविधान संशोधनको विषयमा प्रस्ताव राख्न खोजेका थिए। तर प्रधानमन्त्रीले उनको प्रस्ताव ठाडै अस्वीकार गरिदिए।

संविधान संशोधनको मुद्दा सफल नहुने देखेपछि समाजवादी पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।