काठमाडौँ – पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग(पीपीएल)मा चितवन राइनोजले काठमाडौँ गोल्डेन्सलाई १६८ रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


मंगलबार पाखरा रंगशालामा टस हारेर ब्याटिङ थालेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतीमा १६७ रन बनायो ।


ADVERTISEMENT

# # #


दुई रन जोड्दा नै करण केसीका रुपमा पहिलो विकेट गुमाएको चितवनका लागि रोहन मुस्ताफा र बाबर हायाले दोस्रो विकेटका लागि ११९ रनको साझेदारी गरे । त्यसक्रमा आउट हुनुअघि बाबले ७० रनको योगदान दिए ।

प्रतियोगिताको दोस्रो अर्धएशतक प्रहार गरेका उनले ४७ बलमा ३ चौका र ६ छक्का ठोके । यस्तै रोहनले ५२-६ चौका र एक छक्काको मदतमा नटआउट ५९ रन जोडे । आरिफ शेख र सन्नी पटेलले समान १५ १५ रन हाने ।

काठमाडौँका लागि वसन्त रेग्मी, सुसन भारी र अमरसिंह रौटेलाले समान १–१ विकेट लिए ।

लगातार चार खेल जितेर प्लेअफ प्रवेश गरिसकेको चितवन आफ्नो लयलाई कायम राख्न चाहन्छ । यता काठमाडौँ चितवनविरुद्ध जित निकाल्दै प्लेअफ पुग्ने लक्ष्यमा रहेको छ ।