काठमाडौं – नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले खुलातर्फको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् ।

बागमती प्रदेशतर्फका उम्मेदवारका लागि तय गरिएको राष्ट्रिय सभा गृहमा रहेको निर्वाचन कार्यालयमा पुगेर बानियाँले केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराएका हुन् ।

बानियाँको प्रस्तावकमा सिरहा जिल्लाका पार्टी सभापति रामचन्द्र यादव, चितवन जिल्ला सभापति राजेश्वर खनाल र दोलखा जिल्ला सभापति बर्मा लामा छन् ।

 

यस्तै, समर्थकमा नुवाकोट कांग्रेसका सभापति तथा बागमती प्रदेश सभा सदस्य रमेशकुमार महत, सिन्धुपाल्चोक २ का क्षेत्रीय सभापति एवं बागमती प्रदेश सभा सदस्य कृष्णकुमार तामाङ र मकवानपुरका प्रभातकुमार दाहाल छन् ।