• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

Jan 11, 2020 |

साताको शेयर बजार : चार अर्ब माथिको कारोवार

771
SHARES
ShareTweet

साताभर नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकले नयाँ उचाइ हासिल ग¥यो । लगातार ओरालो लागेको बजारले करिब १०० बिन्दु माथि पुग्यो भने कारोवारमा समेत नयाँ उचाइ हासिल ग¥यो । लगानीकर्तामा एक प्रकारको उत्साह जगाउन सफल साताको रुपमा यस हप्ता कायम रह्यो ।


ADVERTISEMENT


साताभर कूल १७९ कम्पनीका एक अर्ब ४६ करोड ८२ हजार ५५३ कित्ता शेयर रु चार अर्ब २२ करोड ५६ लाख ३२ हजार ८२७ बराबरमा कारोवार भयो । सन् २०२० को शुरुआतीसँगै नेप्सेमा देखिएको सुधार साताभर नै कायम रहेका कारण बजारले गुणात्मक लय समात्न सफल भएको हो । कारोवार रकम र नेप्सेमा देखिएको दोहोरो अङ्कको वृद्धि त्यसैको परिचायक बन्न पुग्यो । सातामा कारोवार हुने पाँच दिनमध्ये बुधबार मात्रै नेप्से सामान्य अङ्कले घट्यो ।


ADVERTISEMENT

# # #


अन्य दिन भने बजारमा सकारात्मक परिवर्तन देखियो । साताको पहिाले दिन नै धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुग्यो । नेप्सेको छलाङसँगै कारोवार रकममा समेत वृद्धि भयो । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए । सोमबार पनि नेप्से परिसूचक १८ अङ्कले बढ्यो । त्यस दिन नेप्से १८.२६ अङ्कले बढेर एक हजार २००.६९ मा पुग्यो ।

लामो समयपछि नेप्सेमा लगातार वृद्धि हुँदा परिसूचक एक हजार २०० नाघ्यो । परिसूचक बढेसँगै कारोवार रकममा पनि भारी वृद्धि भयो । स्टकका अनुसार कूल १७८ कम्पनीका २६ लाख ८३ हजार ६१० कित्ता शेयर रु ८४ करोड २५ लाख ८२ हजार १५० मा खरिद बिक्री भए । मङ्गलबार पनि नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो । त्यस दिन नेप्से १६.२३ विन्दुले बढेर एक हजार २१६.९२ मा पुग्यो । धेरै पछि कारोवार रकम अर्बमाथि पुग्यो । लगानीकर्तामा विश्वास बढेपछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको हो । कूल १७९ कम्पनीका ३८ लाख ८० हजार ९५० कित्ता शेयर रु एक अर्ब १० करोड २७ लाख ३६ हजार ७४८ मूल्यमा खरिद–बिक्री भए । बुधबार भने नेप्से ७.३२ विन्दुले घट्यो । कूल १७२ कम्पनीका २१ लाख ८५ हजार ३९७ कित्ता शेयर रु ७३ करोड आठ लाख ५२ हजार ३४५ मूल्यमा खरिद बिक्री भए । बिहीबार भने नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो । त्यस दिन नेप्से ३.५१ ले वृद्धि भई एक हजार २१३.११ मा पुग्यो । नेप्सेमा जस्तै सुधार कारोवार रकममा पनि देखिएको छ ।

कूल १७७ कम्पनीको ३८ लाख ४९ हजार ७२२ कित्ता शेयर ८३ करोड ७० लाख ३५ हजार ७५७ मूल्यमा खरिद बिक्री भए । साताभर विभिन्न चार कम्पनीको शेयर सूचीकृत भए । त्यसमा अपि पावर कम्पनीको पाँच लाख ६७ हजार कित्ता शेयर लाभांश, ग्लोबल आइएमइ बैंकको एक करोड ३३ लाख छ हजार ५५७ कित्ता शेयर लाभांश, नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सात लाख ५१ हजार ८६० कित्ता शेयर लाभांश तथा जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५७ हजार ६०० कित्ता शेयर लाभांश सूचीकृत भएको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousशिवमाया प्रति नेकपाको अन्यायपूर्ण निर्णय, राजिनामा गर्न आग्रह
Nextसभापतिसँग पार्टी सञ्चालनको योजना छैन : महामन्त्री कोइराला

ताजा खबर

  • एसीसी यू-१६ पूर्वी क्षेत्र कपको उपाधि नेपाललाई, सिंगापुर २ विकेटले पराजित
  • मनसुनको हावापानीको अवस्था अद्यावधिकः यस वर्ष मधेसको दक्षिण भूभागमा कम वर्षा हुने
  • ‘नेशनल म्यूजिक अवार्ड २०८१’ गर्दै रेडियो कान्तिपुर, कुमा र दुर्गेशसहितको भव्य कन्सर्ट हुने
  • ‘प्रधानमन्त्रीको स्पेन भ्रमणबाट मित्र राष्ट्रसँगको सम्बन्ध थप सुदृढ बनाउन सहयोग पुगेको छ’
  • काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक : नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने सदस्यहरुको जोड

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved