काठमाडौं – नेपाली कांग्रेसको सहमहामन्त्री पदमा शुभराम बस्नेतले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
उनले खस आर्य समूहतर्फबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनी सोलुखुम्बु क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित भएर आएका हुन् । शीर्ष नेतृत्व, अग्रज तथा साथीहरूको सरसल्लाह र सुझावलाई आत्मसात गर्दै आफू सहमहामन्त्री पदमा अघि बढेको उनले बताएका छन् ।
उनले भनेका छन्, ‘मेरो यात्रा आजबाट सुरु भएको होइन—बाल्यकालदेखि नै लोकतन्त्र, संगठन र जनताको आवाजसँग जोडिएको यात्रा हो,’ ।
यो महाधिवेशन केवल नेतृत्व चयन गर्ने अवसर नभइ पार्टीको भपिवष्टय तय गर्ने महत्त्वपूर्ण क्षण रहेको उनको भनाइ छ ।
















