काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको उपसभापति पदमा उम्मेदवारी दर्ता गराएकी छन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबार राजधानीको राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्ता स्थलमा पुगेर गुरुङले समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन्।
पार्टीको नयाँ नेतृत्व चयनका लागि जारी महाधिवेशनमा गुरुङको उम्मेदवारीसँगै उपसभापति पदमा प्रतिस्पर्धा थपिएको छ।
















