• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




नेपाल विश्वकपको ग्लोबल छनोटमा

Jan 23, 2020 |

नेपाल विश्वकपको ग्लोबल छनोटमा

390
SHARES
ShareTweet
काठमाडौँ – नेपाल सन् २०२१ मा भारतमा हुने टी-२० विश्वकपको ग्लोबल छनोटका लागि छानिएको छ । पछिल्लो टी-२० अन्तर्राष्ट्रिय वरियताका आधारमा नेपालले सिधै ग्लोबल छनोट खेल्न पाउने भएको हो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले बिहीबार एक विज्ञप्ती निकाल्दै सन् २०२० को जनवरी महिनासम्मको टी–२० अन्तर्राष्ट्रिय वरियताका आधारमा नेपालसहित जिम्बाब्बे, युएई र हङकङ गरी चार टिमलाई सिधै ग्लोबल छनोटमा छानेको जनाएको छ ।
यसअघि आइसीसीले उत्कृष्ट आठ टेस्ट टिम सम्मिलित च्याम्पियन्स ट्रफीलाई परिवर्तन गर्दै टी–२० विश्वकप बनाएको थियो । भारतले आयोजना गर्ने उक्त अतिरिक्त विश्वकपमा १६ टिमले सहभागिता जनाउने छन् । जसमा अष्ट्रेलियामा यही वर्ष (२०२०) हुने टी-२० विश्वकपका उत्कृष्ट १२ टिम सिधै छनोट हुनेछन् । बाँकी चार स्थानका लागि ग्लोबल छनोट हुनेछ ।
ग्लोबल छनोटमा नेपालसहित जिम्बाब्बे, युएई र हङकङका साथै सन् २०२० विश्वकपको पुछारका चार टोली र क्षेत्रीय छनोटबाट आएका ८ टिमगरी १६ टिमले प्रतिस्पर्धा गर्नेछन् । क्षेत्रीय छनोटमा अमेरिकाबाट २, अफ्रिकाबाट १, युरोपबाट २, एशियाबाट २, पूर्वी एशिया प्यासिफिकबाट एक टिम ग्लोबल छनोटका लागि छानिनेछन् । सन् २०१४ को टी-२० विश्वकप खेलेको नेपाल २०२० मा अष्ट्रेलियामा हुने टी २० विश्वकप छनोटका लागि गत अक्टुबलमा युएईमा भएको ग्लाबल छनोटमा समेत पुग्न असफल भएको थियो ।
नेपाल हाल आइसीसीको टी-२० अन्तर्राष्टिय वरियतामा १२ औँ स्थानमा रहेको छ ।

#




#
#

#







#




#

#


Share:

Rate:

Previousराष्ट्रियसभाः सुदूरपश्चिममा नेकपाकी शारदा भट्ट विजयी
Nextलिभरपुलको शानदार जित

ताजा खबर

  • आज राष्ट्रियसभाको बैठक बस्दै
  • आजको मौसम : कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
  • कांग्रेस केन्द्रीय समिति बैठक : विभिन्न १३ एजेन्डामा छलफल
  • १५औं महाधिवेशनको मिति तत्काल तोक्नुपर्छ : नैनसिंह महर
  • असोज १५ लाई ‘राष्ट्रिय चलचित्र दिवस’का रूपमा मनाइने

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved