काठमाण्डौ – अस्ट्रेलियाका वैज्ञानिकहरुले नयाँ कोरोना भाइरस उत्पादन गरेका छन् । चीनमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसको उपचारमा सहयोग गर्ने उद्देश्यले नयाँ कोरोना भाइरस बनाएको वैज्ञानिकहरुले जनाएका छन् ।


ADVERTISEMENT


वैज्ञानिकहरुले मेलबर्नमा कोरोना सङ्क्रमित व्यक्तिको शरीरमा नयाँ कोरोना भाइरस बनाएको सञ्चारमाध्यमले बताएका छन् । यसअघि चीनका वैज्ञानिकले पनि नयाँ भाइरस बनाएका थिए । तर चीनले विश्व स्वास्थ्य सङ्गठनलाई भाइरस नै उपलब्ध नगराएर भाइरसको जेनोमी सिक्वेन्स मात्रै दिएको थियो ।


ADVERTISEMENT

# # #


चीन बाहिर कोरोना भाइरस उत्पादन गर्ने अस्ट्रेलिया पहिलो देश पनि बनेको छ । अस्ट्रेलियाले यो खोजबारे विश्व स्वास्थ्य सङ्गठनलाई जानकारी गराउने तयारी गरेको छ । यो भाइरसको सहयोगले कोरोना भाइरसबाट संक्रमितलाई उपचार गर्न सहयोग पुग्ने वैज्ञानिकहरुले विश्वास लिएका छन् ।

कोरोना भाइरसको कारण चीनमा अहिलेसम्म एक सय ३२ जनाको ज्यान गैसकेको छ भने झण्डै ६ हजार भन्दा बढीमा सङ्क्रमण भएको पुष्टि भैसेको छ । चीन बाहिर पनि विभिन्न १६ वटा देशमा गरी कम्तीमा ४७ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।