कर्णाली प्रदेशको राजधानी सुर्खेतमा स्थानीय प्रशासनले लगाएको कर्फ्यू आज बिहान ६ बजेपछि खुलेको छ ।


ADVERTISEMENT


कर्फ्यू खलेसँगै जनजीवन सामान्य बन्दै गएको छ । वीरेन्द्रनगरको मूलपानी चोकनजिकै हिजो भे १ ख २२४२ नम्बरको टिपरले ठक्कर दिँदा भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालिकोट महावै गाउँपालिका सिम्खेतका २० वर्षीय केशर सिंहको घटनास्थलमै मृत्यु भएपछि उत्पन्न तनाव कम गर्न स्थानीय प्रशासनले हिजो साँझ ६ बजेदेखि आज बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी गरेको थियो ।


ADVERTISEMENT

# # #