काठमाडौँ – आइसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत आमानविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले पहिलो विकेटका रुपमा सुवास खकुरेलाई गुमाएको हो । सुवास व्यक्तिगत २२ रनमा आउट भए । ४२ बलमा एक चौकाको मदतमा २२ रन बनाउँदा उनले पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ४८ रनको साझेदारी गरे ।
ताजा अस्थामा नेपालले १६ ओभरको समाप्तीमा नेपालले ५५ रन बनाएको छ । कप्तान ज्ञानेन्द्र मल्ल ३३ रन बनाएर खेलिरहेका छन् । उनलाई साथ दिन पूर्वकप्तान पारस खड्का आएका छन् ।
नेपाली टिममा आज एउटा परिवर्तन भएको छ । युवा खेलाडी कमलसिंह ऐरीले डेब्यू गरेका छन् । अभिनास बोहरालाई स्थानात्तरण गर्दै उनले पहिलो पटक टिममा स्थान बनाएका हुन् । शनिबार भएको दोस्रो खेलमा नेपालले अमेरिकालाई ३५ रनले हराएको थियो ।
सिरिजमाको पहिलो खेलमा ओमानसँग हार ब्यहोरेको नेपाललाई आज बदला लिने मौका रहेको छ भने यसअअघिका दुबै खेलमा जित हात पारेको ओमान तेस्रो जितको खोजीमा रहको छ ।
तस्बिर : पिटर डेल्ला पेन्ना