काठमाडौँ – आइसीसी लिग २ अन्तर्गत ओमानविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरेर आउट भएका छन् ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालका लागि ज्ञानेन्द्रले ७० बलमा अर्धशतक पूरा गरेका हुन् । त्यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे । आउट हुनुअघि उनले ७६ बलमा ५६ रन बनाए । त्यसक्रममा उनले ६ चौका र एक छक्का प्रहार गरे ।


ADVERTISEMENT

# # #


ज्ञानेन्द्रको यो एकदिवसीय क्रिकेटमा दोस्रो अधर्शतक हो । कप्तानका रुपमा भने यो उनको पहिलो अर्धशतक हो । ज्ञानेन्द्रले पहिलो अर्धशतक नेदरल्याण्डविरुद्ध २०१९को अगस्टमा हानेका थिए ।

ताजा अवस्थामा नेपालले २९.४ ओभरको समाप्तीमा चार विकेटको क्षतीमा १३७ रन बनाएको छ । नेपालका लागि आरिफ शेख र कुशल मल्लले इनिङ सम्हालिरहेका छन् । त्यसअघि नेपालका लागि पारस खड्काले ३८ रन बनाए भने सुवास खकुरेलले २२ रनको यागदान दिए । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट भए ।