काठमाडौं । नेपाली कांग्रेसको आसन्न १५औं महाधिवेशनलाई लक्षित गर्दै केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणाको क्रम तीव्र बनेको छ। यसै क्रममा मधेश प्रदेशबाट ३५ वर्षमुनि युवा तर्फ केन्द्रीय सदस्यमा प्रविण लाल दासले उम्मेदवारी घोषणा गर्नुभएको छ।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समृद्ध नेपालका लागि सबैको कांग्रेस अग्रणी विकल्प’ भन्ने मूल नाराका साथ उहाँले आफ्नो उम्मेदवारी अघि सार्नुभएको हो। गौरव, गति र गठबन्धनलाई आफ्नो प्रमुख एजेण्डा बनाउनुभएका दास कांग्रेसभित्र युवाको प्रतिनिधित्व र सशक्तिकरणका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुहुन्छ।
मधेश प्रदेशको राजनीतिमा सक्रिय युवा नेताका रुपमा परिचित दासले संगठन सुदृढीकरण र पार्टीमा युवाको आकर्षण बढाउन आफूले भूमिका खेल्ने बताउनुभएको छ। उहाँको उम्मेदवारीले विशेषगरी मधेशका युवा कार्यकर्तामा उत्साह थपेको छ। नेपाली कांग्रेसको १५औं महाधिवेशन आगामी दिनमा हुँदैछ, जसलाई पार्टीको भावी दिशा तय गर्ने महाधिवेशनका रुपमा हेरिएको छ।
















