काठमाडौँ – नेपाल प्रहरीकाको प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी)मा ठाकुरप्रसाद ज्ञवाली नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रीपरिषद्को बैठकले गृह मन्त्रालयको सिफरिसमा प्रहरी नायब महानिरीक्षक (डीआइजी) ठाकुरलाई आइजीपी बनाउने निर्णय गरेको हो ।
प्रदेश नं १ का प्रमुख रहेका डीआइजी ज्ञवालीले वि. सं. २०४७ साल असार २५ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । ज्ञवालीले पनि आगामी असारसम्म मात्रै आईजीपी हुनेछन् । उनको असारमा सेवा अवधि सकिनेछ अर्थात् ज्ञवाली आईजीपीका रुपमा पाँच महिना मात्रै काम गर्न पाउनेछन् ।
यससँगै सर्वेन्द्र खनाल ३० वर्षे उमेर हदका कारण आजदेखि अनिवार्य अवकाश लिएका छन् । महानिरीक्षक खनालसँगै प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)हरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले पनि अवकास लिएका छन् । एआइजीबाट आइजीपी बनाउने नियम भएपनि एआइजीको समेत अवकाशका कारण यसपटक यसपटक डीआइजीमध्येबाट आईजीपी छनोट गरिएको हो ।
प्रहरी नियमावलीमा भएमा एआइजी र एआइजी नभए डिआइजीलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सकिने प्रावधान छ । त्यसकारण यसपटक आइजीपीको लाइनमा ज्ञवालीसँगै र सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआइजी तारिणी लम्साल पनि रहेका थिए । उनीहरु २०४७ साल असार २५ मा एकै पटक प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल २०४६ माघ २९ मा प्रहरी सेवामा प्रवेश गरेकै समयमा उनीहरुको नाम वैकल्पिक उम्मेदवारका रुपमा निस्किएको थियो । त्यसमध्ये मन्त्रीपरिषद्ले कार्यम्पादन मूल्याङ्कन, नेतृत्व क्षमता, अनुभवलगायत विभिन्न मापनका आधारमा ज्ञवालीलाई छनोट गरेको हो ।
यससँगै ज्ञवाली नेपाल प्रहरीको २७ औँ महानिरीक्षक बनेका छन् । नेपाल प्रहरीको पहिलो आईजीपी तोरण शम्शेर जबरा हुन् ।