काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्‍माकुमारी अर्यालले कृषिमा फड्को मार्नका निम्ती व्यवस्थित र वैज्ञानिक भूमिसुधार आवश्यक भएको बताएकी छन् ।


ADVERTISEMENT


मन्त्रालयको सहयोगमा राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको ‘सहकारीमार्फत उद्यमशिलता विकास राष्ट्रिय कार्यशाला’ कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले भूमिको व्यवस्थित वैज्ञानिक सुधार नभएसम्म कृषिमा फड्को मार्न नसक्नेमा जोड दिइन् । उनले भनिन् ‘कृषिको व्यवसायिकरण र यान्त्रिकरणको प्रयोग गरेर ठूला उत्पादनमा केही गरौं न भनेर जाने हो भने जर्बजस्त भूमिसुधारको एजेण्डा स्थापित गर्नैपर्छ ।’


ADVERTISEMENT

# # #


अर्थतन्त्र निर्माणमा सहकारीको भूमिकालाई स्थापित गर्नका निम्ती राज्यले प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने भन्दै मन्त्री अर्यालले प्रोत्साहनमूलक कार्यक्रममार्फत सहकारी क्षेत्रलाई प्रोत्साहित गर्दै सहकारीलाई अर्थतन्त्र निर्माणमा प्रवेश गराउनुपर्ने बताइन्। यसलाई स्थापित गरेर छाड्ने मन्त्री अर्यालले उद्घोष गरिन् ।

भूमिको सुधार गर्ने कुरा ठूलो विषय भएको भन्दै उनले तर त्यो विषय त्यति सजिलो नभएको बताइन् । नीजि सम्पत्तिको रुपमा दिइसकेकाले राज्यले चाहेर पनि व्यक्तिको नीजि सम्पत्ति उलटपुलट पार्न नसक्ने बताइन् । व्यक्तिको नीजि सम्पत्तिको रक्षा गर्ने दायित्व राज्यको हुनेछ भनेर संविधानमा लेखेको भन्दै उनले क्षतिपुर्ती दिएर व्यक्तिको नीजि सम्पत्ति राष्ट्रियकरण गर्ने क्षमता राज्यको नभएको उनले बताइन् ।

चरम पूँजी जम्मा नगरिकन समाजवादमा जानै नसकिने भन्दै मन्त्री अर्यालले समाजवादमा पुग्नका निम्ती अधिकतम पूँजिको विकास, अधिकतम रोजगारीको सिर्जना र अधिकतम उत्पादनमा बृद्धि पहिलो शर्त भएको बताइन् ।

हिजोका दिनमा छाडेका साना उद्योगहरुको विकास तथा विस्तार गर्ने कुरामा जानुपर्ने भन्दै उनले त्यसमा कसरी सहकारीलाई जोड्ने भन्ने कुरामा ध्यान दिन जरुरी भएको बताइन् ।

सामाजिक रुपान्तरण सहितको समाजवाद भनेको भन्दै उनले जुन समाजका निम्ती अत्यावश्यक रहेको बताइन् । आर्थिक विकास मात्र भएर नहुने भन्दै उनले सामाजिक न्याय सहितको आर्थिक विकास स्थापित गर्ने अबको अभिभारा भएको उनको भनाई थियो ।