काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. सुनिलकुमार शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले मंगलबार काठमाडौंको खुलामञ्चमा औपचारिक रूपमा उम्मेदवारी घोषणा गरका हुन् ।

आइतबारदेखि सुरु भएको कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढिरहेका बेला डा. शर्माले महामन्त्री पदमा उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी घोषणा गर्दै उनले पार्टीमा आमूल परिवर्तन, युवा पुस्ताको नेतृत्व विकास र संस्थागत सुदृढीकरणलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् ।

कांग्रेसलाई थप गतिशील, सशक्त र समयअनुकूल बनाउन आवश्यक रहेको उल्लेख गर्दै उनले पार्टीभित्र परिवर्तनको आवश्यकता रहेको बताएका हुन् ।

डा. शर्माको उम्मेदवारीलाई कांग्रेसभित्र नेतृत्व परिवर्तन र युवा पुस्ताको सहभागितासँग जोडेर हेरिएको छ।