काठमाडौँ – एनआईसी एशिया बैंक ग्राहकलाई काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशत सम्म छुट पाइने भएको छ ।
सोमबार बैँकले हायात रिजेन्सीसँग उक्त सेवासम्बन्त्री सम्झौता गरेको हो । यो योजना एक वर्षको लागि लागू हुने बैंक र होटलको समझदारी उल्लेख छ । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी तथा होटलको तर्फबाट महाप्रबन्धक राजेश रामदासले हस्ताक्षर गरे।
उक्त समझदारी बमोजिम यस बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको फूड, बेभरेज, स्पा तथा लाउण्ड्री सेवाहरू प्रयोग गरे वापत रकम भुक्तानी गर्दा कारोबार रकमको १५ प्रतिशतसम्म छुट पाउनेछन् । साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ ।
यसैगरी ग्राहक महानुभावहरूले देशभरका २ हजार ४ सयवटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले देशभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।