काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भण्ट्टले बजारमा कुनैपनि उपभोग्य सामानको अभान नरहेको स्पष्ट पारेका छन् । कोरोना भाइरसको त्रासका कारण उपभोग्य सामग्रीको अनावश्यक भण्डारण गर्नेक्रम बढेपछि मन्त्री भट्टले यस्तो बताएका हुन् ।


ADVERTISEMENT


बहीबार सूचना तथा सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टले मन्त्रालय, वाणिज्य विभाग लगायतले निरन्तर अनुगमन गरिरहेकाले बाहिर हल्ला फैलाएजस्तो उपभोग्य सामग्रीको अभाव नरहेको जिकिर गरेका हुन् ।


ADVERTISEMENT

# # #


अहिले पेट्रोल, डिजेल र मट्टितेलमा अहिले कुनै समस्या नभएपनि हल्लाको कारणले केही चाप देखिएको र एकदुई दिनभित्रै त्यो समाधान हुने उनले जानकारी दिए । उपत्यका बाहिरको अवस्था पनि चिन्ताजनक नभएको उनले बताए । उनले भने, ‘हामीलाई अहिले पिक आवरमा चाहिने खाना पकाउने ग्यास भनेको २९ हजार मेट्रिक टन हो । तर, यतिबेला हामीले ४५ हजार मेट्रिक टन ग्यास आयात गरिसकेका छौँ ।’ उपभोग्य सामानको सहज उपलब्धताका लागि सरकारले नै काठमाडौँ उपत्यकामा पाँच वटा ठाउँमा खुद्रा पसल सञ्चालन गर्ने बताए ।

मास्क र हेण्ड सेनिटाइजरको खपत पछिल्लो समय बढेकाले केही समस्या देखिको र त्यसअनुसारको आपूर्ती गर्न नसकिएको उनले स्वीकारे ।  मन्त्री भट्टले ४ देखि ४ महिनासम्मलाई पुग्ने खाद्यान्ह र ८ महिनालाई पुग्ने औषधि, १० महिनालाई पुग्ने नुन र ३ महिनालाई पुग्ने चिनी मौज्दात रहेको उनले जानकारी दिए । औषधीको कच्चा पदार्थ पनि उत्पादनमा गएकाले त्यसले अर्को चार देखि ६ महिना पुग्ने उनले बताए ।

संकटका बेला प्रयाप्त मौज्दात हुँदाहुँदै अनावश्यक रुपमा भण्डारण गरेर बजारमा अभाव सिर्जना नगर्न पनि उनले जनतालाई आग्रह गरे । ‘एक क्वीन्टल चाहिने मान्छेले समेत चार क्वीन्टल सामान लिएको देखेँ मैँले । कुनैकुनै घरमा त दशौँ सिलेण्डर पनि देखियो ।’ उनले भने, ‘अब जनताकै घरमा छापा मार्ने स्थितिमा राज्य छैन । यसमा जनता आफै सचेत हुनुपर्छ ।’

मन्त्री भट्टले पेट्रोलियम पदार्थ अनावश्यक घरमा भण्डारण नगर्न सुझाए । ‘पेट्राले पम्मबाट ट्यांकी फूल गरेर घरमा गएर ग्यालेनमा हाल्ने र फेरि लिन आउने पनि देखिएको छ । यसरी घरमा, ग्यालेनमा पेट्रोल राख्दा दुर्घटना निम्तिन सक्छ भन्ने चतनाको अभाव देखिन्छ ।’