काठमाडौं – विश्वभर आतँकित बनाईरहेको कोरोना भाईरसबाट बँच्नका लागि आवश्यक मास्क नेपालमा अभाव भएको समाचार आईरहँदा नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष दिपक मल्होत्राले राहत कर्मको अगुवाई गरेका छन् । सर्जिकल मास्क उत्पादन गर्न मल्होत्राले भारतबाट झिकाएको मेशिन बिहिबार नेपाल आइपुगेको छ ।


ADVERTISEMENT


हिमालय पोष्टसंगको कुराकानीमा व्यवशायी मल्होत्राले भैरहवास्थित सुनवल नाकाबाट भन्सार क्लियरेन्स भइसकेको सो मेसिन आजै राती काठमाडौं आईपुग्ने बताए । उनका अनुसार शनिबार सम्ममा मेसिन जडान भएर आईतबार या सोमबार देखि बजारमा मास्क पूर्याउने योजना बनाईएको छ ।


ADVERTISEMENT

# # #


भारतबाट हामीले झिकाएको मेसिनको सुनवल नाकाबाट भन्सार क्लियरेन्स भईसक्यो, आजै राती सम्ममा काठमाडौं आईपुग्छ मल्होत्राले भने ‘शनिबार सम्ममा मेसिन जडान गरेर सम्भवत आईतबार या सोमबार सम्ममा हामी मास्क बजारमा पठाउछौं ।’

उनले मास्कलाई उत्पादन दर भन्दा पनि कम मूल्यमा बजारमा पठाउने बताए ।

‘यो संकटको बेलामा हामी सेवाको भावनाले उत्पादन मूल्य भन्दा पनि घटेर मास्कलाई सबै नेपालीहरु समक्ष पूर्याउँदैछौं’ उनले भने, ‘व्यापारीहरुलाई पठाउँदा भ्याट बाहेक ७ रुपैयाँ तथा आइएमएस ग्रुप र चेम्बरले भ्याट बाहेक ५ रुपैयाँमा नै मास्क उपलब्ध गराईनेछ ।’