काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्व युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।
पार्टी संगठनमा निरन्तर सक्रिय रहँदै आएका महर्जनले संगठनलाई थप सुदृढ बनाउने तथा पार्टीभित्र आफ्नो अनुभव र योगदानलाई केन्द्रीय तहमा अझ प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यसहित केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका हुन्।
युवा तथा खेलकुद क्षेत्रसँग लामो समयदेखि जोडिएका महर्जनले आफ्नो राजनीतिक यात्राका क्रममा पार्टी संगठन विस्तार तथा जनतासँगको निरन्तर सहकार्यलाई प्राथमिकतामा राख्दै आएको बताएका छन्। महर्जनले नेपाली कांग्रेसको नीति, विचार र संगठनलाई थप प्रभावकारी बनाउँदै बदलिँदो समय र नयाँ पुस्ताको अपेक्षालाई सम्बोधन गर्न केन्द्रीय तहमा भूमिका निर्वाह गर्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन्।
उनको उम्मेदवारीसँगै कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदका लागि हुने प्रतिस्पर्धामा महर्जन पनि सहभागी भएका छन्।
महाधिवेशन प्रतिनिधिहरूसँग पार्टी संगठनको सुदृढीकरण, एकता र आगामी राजनीतिक यात्राका विषयमा निरन्तर संवाद गर्दै आएको उल्लेख गर्दै महर्जनले आफूलाई अमूल्य मत प्रदान गरी साथ र समर्थन गर्न आग्रह गरेका छन्।
















