वीरगन्ज — बारा र पर्सामा थप तीनजनामा कोरोना भाइरस (कोभिड-१९ )संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा  संक्रमण पुष्टि भएको हो ।


ADVERTISEMENT


पर्साका ४६ वर्षीय र बाराका ४३ र ३१ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए । उनीहरु यसअघि वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितसँगै भारतको नयाँ दिल्लीबाट फर्किएको प्रवक्ता डा. देवकोटाले बताए । संक्रमणपछि उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


गत आइतबार वीरगन्ज–३ का एक र वडा १६ इनर्वाका एक स्थानीयमा कोरोना पोजेटिभ पुष्टि भएपछि उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा जीतपुरका दुईजना र वीरगन्जका एक जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।

थप तीनजनामा कोरोना देखिएसँगै नेपालमा संक्रमितको संख्या ५७ पुगेको छ । जसमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने बाँकीको देशका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. देवकाटाले एका छन् ।