एजेन्सी – भारतीय फिल्म क्षेत्रका चर्चित अभिनेता इरफान खानको निधन भएको छ ।


ADVERTISEMENT


केही दिन अघि मात्रै स्वास्थ्यमा समस्या आएपछि भारतको मुम्बईस्थित कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आइसीयूमा भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो ।


ADVERTISEMENT

# # #


कोलोन इन्फेक्सनको उपचार गराइरहेका उनको ५३ वर्षको उमेरमा निधन भएको अस्पतालले जनाएको छ । न्यूरो इन्डोक्राइन ट्यूमरबाट पीडित उनले २०१८ मा बेलायतको लण्डनमा उपचार गरेर फर्किएका थिए । त्यसपछि उनी कोकिलाबेन अस्पतालमा नियमित चेकजाँचका लागि जाने गरेका थिए ।

अस्पतालका एक प्रवक्ताले भने, ‘मलाई विश्वास छ कि मैले हार खाइसकेको छु– अभिनेता इरफान खानले २०१८ मा आफ्नो नोटमा यो मर्मष्पर्शी नोट लेखेका थिए, जब उनी क्यान्सरविरुद्ध लडिरहेका थिए । आज हामी दुःखद खबरदिँदैछौँ कि उनी हामीमाझ रहेनन् ।’ केही दिन पहिले मात्रै इरफानकी आमाको निधन भएको थियो । खराब स्वास्थ्य अवस्था र लकडाउनका कारण उनी आफ्ना आमाको अन्ति श्रद्धाञ्जलीमा समेत जान पाएका थिएनन् । त्यसको केही दिन उनी स्वयम् अस्पताल भर्ना हुनु परेको थियो ।

सन् १९८८ मा फिल्म ‘सलाम बम्बे’ फिल्ममार्फत बलिउडमा प्रवेश गरेका इरफानले दर्जनौँ सफल तथा प्रेरणादायी चलचित्रमा अभिनय गरेका छन् । सलाम बम्बे, मक्बुल, पानसिंङ तोमार, द लञ्च बक्स, पिकु, तलबार, हिन्दी  मिडियम उनका चर्चित फिल्म हुन् । उनको अन्तिम चलचित्र अंग्रेजी मिडियम बन्न पुग्यो । जुन गत मार्चमा रिलिज भएको थियो ।