ताप्लेजुङ — ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा फेरि आगलागीको श्रृङ्खला दोहोरिएको छ । शुक्रबार राति करिब १० बजेदेखि सुरु भएको आगलागीबाट ११ वटा पसल रहेको ७ वटा घर जलेर ध्वस्त भएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए ।


ADVERTISEMENT


निरौलाका अनुसार क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ । आगलागी सुरु भएको दुई घण्टापछि राती १२ बजे आगो निभाइएको थियो ।


ADVERTISEMENT

# # #