काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बन्दै गएको छ । यही क्रममा सीतादेवी पौडेलले  खस आर्य महिलातर्फको खुला पदमा उम्मेदवारी दर्ता गरेको घोषणा गरेकी छन् ।

कांग्रेसको १५औँ महाधिवेशनमा महिला सहभागिता र नेतृत्वको बहससँगै पौडेलको उम्मेदवारी चर्चामा रहेकाे छ । पौडेलले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै आफ्नो उम्मेदवारीलाई समर्थन गरी अग्रिम बहुमतका साथ विजयी गराउन अपिल गरेकी छन् ।

उनको उम्मेदवारीसम्बन्धी सार्वजनिक अपिलमा नेपाली कांग्रेसको आदर्श, लोकतान्त्रिक मूल्य र राष्ट्रियताको भावनालाई जोड दिइएको छ । पौडेलले ‘राष्ट्रियता, लोकतन्त्र, समाजवाद’ भन्ने कांग्रेसको मूल राजनीतिक आदर्शलाई आत्मसात् गर्दै आफूलाई महिला नेतृत्वका रूपमा अघि सारेकी छन्। उनले महाधिवेशन प्रतिनिधिहरूको मतलाई आफ्नो उम्मेदवारीको मुख्य आधारका रूपमा प्रस्तुत गरेकी छन् ।

महिलाको प्रतिनिधित्व बढाउने अवसर

नेपाली कांग्रेसको महाधिवेशन केवल नेतृत्व चयन गर्ने राजनीतिक प्रक्रिया मात्र नभई पार्टीभित्रको प्रतिनिधित्व र समावेशिताको अवस्था प्रतिबिम्बित गर्ने महत्वपूर्ण अवसर पनि हो । विशेषगरी महिलाको राजनीतिक सहभागिता र नेतृत्व विकासको विषय कांग्रेसभित्र लामो समयदेखि बहसको विषय बन्दै आएको छ ।

महिलातर्फको खुला पदमा पौडेलको उम्मेदवारीले पार्टीभित्र महिलाको उपस्थिति र नेतृत्व क्षमताको बहसलाई थप अगाडि ल्याउने देखिन्छ । पौडेलको उम्मेदवारीको मूल सन्देश भने महिला प्रतिनिधिहरू तथा महाधिवेशन प्रतिनिधिहरूको विश्वास र मतमार्फत नेतृत्वमा पुग्ने प्रयासमा केन्द्रित देखिन्छ । महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो अमूल्य मत प्रदान गरी आफूलाई विजयी गराइदिन उनले आग्रह गरेकी छन् । उनको सन्देशले व्यक्तिगत उम्मेदवारीभन्दा पनि कांग्रेसको संगठनात्मक एकता, लोकतान्त्रिक अभ्यास र पार्टीको आदर्शसँग आफूलाई जोडेर अघि बढ्ने प्रयास गरेकी छन् ।

मतदाताको विश्वास जित्ने चुनौती
महाधिवेशनमा उम्मेदवारी घोषणा गर्नु एउटा चरण हो भने प्रतिनिधिहरूको विश्वास र मत हासिल गर्नु अर्को महत्वपूर्ण चुनौती हो । महिला खुलातर्फ प्रतिस्पर्धा गर्ने उम्मेदवारहरूबीच आफ्नो राजनीतिक दृष्टिकोण, संगठनमा गरेको योगदान र आगामी भूमिकाबारे प्रतिनिधिहरूलाई विश्वस्त पार्नुपर्ने अवस्था रहन्छ ।

सीतादेवी पौडेलको उम्मेदवारी पनि अब यही राजनीतिक प्रतिस्पर्धाको हिस्सा बनेको छ । उनले सार्वजनिक गरेको अपिलमा प्रतिनिधिहरूसँग आफूलाई अग्रिम बहुमतसहित विजयी गराउन आग्रह गरेकी छन् ।

यस्तो अवस्थामा पौडेलको उम्मेदवारीले महिलातर्फको प्रतिस्पर्धालाई थप रोचक बनाउने देखिन्छ । महिलातर्फको खुला पदमा उम्मेदवारी घोषणा गर्दै पौडेलले मागेको मत कांग्रेसभित्र महिला नेतृत्वको उत्कृष्ट दाबीको उदाहरण भएकाे भन्दै प्रतिनिधिहरूबीच चर्चित नेतृकाे जीतका लागि सबैकाे सुभेक्षा रहेकाे बताईएकाे छ ।