काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले बाढी पीडित क्षेत्रका १० हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ ।


ADVERTISEMENT


वर्षका कारण तराईमा डुबानमा परेर सास्ती बेहोरिरहेका विद्यार्थीलाई राहतस्वरुप शैक्षिक सामग्री वितरण गर्न लागिएको हो । हिमालय पोष्टसंग कुराकानी गर्दै नेविसंघका अध्यक्ष नैनसिंह महरले पर्सिदेखि बाढी प्रभावित क्षेत्रका १० हजार विद्यार्थीलाई ११ थान झोला, कापी, कलम, टुथपेस्ट लगायतका शैक्षिक सामग्री वितरण गर्न लागिएको बताए । साथै उनले बाढीले क्षती पुर्याएका विद्यालयको पुनर्निमार्णका लागि सरकारसंग पहल गर्ने र सम्भव नभए आफैले निर्माण कार्य सुरु गर्ने बताए ।


ADVERTISEMENT

# # #


नेविसंघले बाढी पीडितलाई यस अघि पनि राहत सामग्री वितरण गरेको थियो । संघले दाङ, विराटनगर, सप्तरी, महोत्तरी आदि क्षेत्रमा त्रिपाल, खाद्यान्न लगायतका ६० लाख बराबरका राहत सामग्री वितरण गरेको अध्यक्ष महरले बताए ।

गत महिना आएको बाढीले तराईको विभिन्न जिल्ला प्रभावित भएका छन् भने कयौँ परिवारले अझै आवास पाउन सकिरहेका छैन्न् ।