चितवन– चितवन राष्ट्रिय निकुञ्जको पदमपुरमा खुल्ला खोरभित्र राखिएका चारवटा बाह्रसिंगे हराएका छन् ।
साउनको अन्तिम साता चुरेबाट झरेको बाढीले खोरको दक्षिणपट्टिको तारबार ढालेपछि त्यहीबाट बाह्रसिंगे भागेको अनुमान गरिएको छ । बाढीले करिब २० मिटर तारबार ढालेको थियो ।


ADVERTISEMENT


बाह्रसिंगे र अर्नाका लागि पानी खुवाउन पोखरी बनाएको डिलमा तारबार रहेको थियो । चुरेबाट झरेको पानी पोखरीमा थपिएपछि भेल बनेर तारबार ढालेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले बताए । ढलेको तारबार नाघेर बाह्रसिंगे भागेको अनुमान गरिएको छ भने अर्नाले भने तारबार नाघ्न नसकेकाले बाहिरिन नपाएको बताइएको छ ।


ADVERTISEMENT

# # #


उनका अनुसार दिनहुँ जसो हात्ती प्रयोग गरेर बाह्रसिंगेको खोजी गर्ने कार्य भइरहेको छ । शुक्लाफाँटाबाट ल्याएर चितवन निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा राखिएका साता वटा बाह्रसिंगे मध्ये तीनवटा यसअघि नै मरेका थिए । बाढी आउनुअघि तीन पोथी र एक भाले बाह्रसिंगे जीवित थिए ।

गत वैशाख १३ गतेदेखि बाह्रसिंगे स्थानान्तरणको काम सुरु गरिए पनि सातवटा ल्याइएपछि काम रोकिएको थियो । बाघ, चितुव र अन्य माँसाहारी जनावर सुरक्षित गर्न लागि वार बाधेर ठूलो क्षेत्रफलमा राखिएको थियो । हाल नेपालमा बाह्रसिंगे शुक्लाफाँटामा दुई हजार २०० र बर्दिया राष्ट्रिय निकुञ्जमा १०० को हाराहारीमा रहेका छन् ।