काठमाडौं — नेपालमा TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले आज काठमाडौंको भृकुटीमण्डपमा TVS “अचम्मैको महा EXCHANGE” मेलाको शुभारम्भ गरेको छ।
 मेलामा दुई आकर्षक उत्पादन TVS NTORQ 150 र नयाँ TVS Apache RTR 200 4V Projector Headlamp with USD को भव्य अनावरण गरिएको थियो। उन्नत प्रविधि, आकर्षक डिजाइन र बेजोड पर्फर्मेन्सका साथ Apache RTR 200 4V नेपालका सडकमा राज गर्न फेरि फर्किएको छ। दशैं–तिहारको शुभ अवसरलाई लक्षित गर्दै यसलाई विशेष परिचयात्मक मूल्य रु. ४,५९,९०० मा मात्र उपलब्ध गराइएको छ। यसले चाडपर्वको यो समयलाई राइडरहरूका लागि नयाँ Apache घर भित्र्याउने उत्तम अवसर बनाएको छ।
कार्यक्रमको सुरुवात जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक रौनियारको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि TVS मोटर कम्पनी ईन्डिया का रिजनल बिजनेस हेड, एसिया अनुभव बालीले नयाँ उत्पादनहरूबारे उपस्थित सबैलाई जानकारी गराए।
TVS NTORQ 150 लाई जगदम्बा मोटर्स प्रा.लि.की निर्देशक श्रीमती दीपा अग्रवाल,  अनुभव बाली तथा TVS मोटर कम्पनी ईन्डिया का ब्रान्ड म्यानेजर  प्रसाद सुन्दरमले संयुक्त रूपमा मञ्चमा अनावरण गरे। त्यसपछि लो मान्थाङ विशेष भिडियो प्रदर्शन गरिएको थियो, र स्कुटरको मूल्य रु. ३,६९,९०० सार्वजनिक गरियो।
NTORQ 150 को अनावरणपछि लोकप्रिय कलाकार व्योमाले मञ्चमा प्रत्यक्ष प्रस्तुति दिए। दर्शकले उहाँको प्रस्तुतिलाई अत्यन्त उत्साहका साथ स्वागत गरे र सिङ्गो भृकुटीमण्डप ऊर्जामय बन्यो। रोमाञ्चक स्टन्ट शोले दर्शकलाई अन्त्यसम्मै उत्साहित बनाइराख्यो।
साँझको कार्यक्रम  अनुभव बालीद्वारा TVS Apache RTR 200 4V Projector Headlamp with USD को अनावरणसँगै सम्पन्न भयो। मोटरसाइकलको अडियो–भिजुअल प्रस्तुति देखाइएपछि यसको परिचयात्मक मूल्य रु. ४,५९,९०० सार्वजनिक गरियो र मोटरसाइकलबारे विस्तृत जानकारी दिइयो। Apache RTR 200 4V मा प्रोजेक्टर हेडल्याम्पसँगै अपसाइड–डाउन (USD) फ्रन्ट फोर्क जडान गरिएको छ, जसले यसलाई अझ आक्रामक लुक र पर्फर्मेन्स राइडरहरूका लागि थप भरपर्दो ह्यान्डलिङ प्रदान गर्छ। यो म्याट ब्ल्याक र ग्रेनाइट ग्रे गरी दुई रङमा उपलब्ध छ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्स प्रा.लि.की निर्देशक श्रीमती दीपा अग्रवालले भन्नुभयो, “NTORQ 150 ले स्कुटर राइडरहरूका लागि वास्तविक पर्फर्मेन्स ल्याएको छ, र Apache सधैं नेपालका पर्फर्मेन्स राइडरहरूको रोजाइ रहँदै आएको छ। नयाँ RTR 200 4V Projector Headlamp with USD ले त्यो विरासतलाई अझ एक कदम अगाडि बढाएको छ। चाडपर्वको सुरुवातमै महा एक्सचेन्ज मेलामा यी दुवै उत्पादन सार्वजनिक गर्दा हाम्रा ग्राहकहरूले उत्कृष्ट एक्सचेन्ज मूल्य र साँच्चै अचम्मका अफरहरूसहित अपग्रेड गर्न पाउनुहुनेछ। TVS प्रति निरन्तर विश्वास राख्नुभएकोमा हामी नेपाली राइडरहरूप्रति आभारी छौं।”
TVS मोटर कम्पनीका रिजनल बिजनेस हेड, एसिया अनुभव बालीले भने, “TVS मोटर कम्पनीका लागि नेपाल सबैभन्दा महत्त्वपूर्ण र उत्साही बजारमध्ये एक हो। NTORQ 150 र Apache RTR 200 4V Projector Headlamp with USD दुवै हाम्रो रेसिङ DNA मा आधारित छन्, र यिनलाई नेपाल ल्याउनुले नेपाली ग्राहकहरूलाई विश्वकै नवीनतम प्रविधि उपलब्ध गराउने हाम्रो प्रतिबद्धता झल्काउँछ। जगदम्बा मोटर्ससँग मिलेर हामी नेपाली राइडरहरूको उत्साह सुहाउँदा उत्पादनहरू निरन्तर ल्याइरहनेछौं।”
मेलाका मुख्य आकर्षण तथा अफरहरू
महा एक्सचेन्ज मेलाले ग्राहकहरूलाई आफ्नो पुरानो दुईपाङ्ग्रे सवारी साधन एक्सचेन्ज गरी विभिन्न विशेष सुविधासहित TVS मा अपग्रेड गर्न आमन्त्रण गरेको छ:
• १००% क्यासब्याक (पूरा खरिद मूल्यसम्म) वा गोल्ड की वा रु. १० लाखसम्मको नगद छुट जित्ने अवसर
• स्थलमै ५० भन्दा बढी भ्यालुएटर, उच्चतम एक्सचेन्ज मूल्याङ्कनको सुनिश्चितता
• हरेक दिन दुई भाग्यशाली ग्राहकलाई ५ वर्षसम्म निःशुल्क सर्भिस
• नागरिकता प्रमाणपत्र र सवारी चालक अनुमतिपत्रका आधारमा मात्रै छिटो फाइनान्स सुविधा
• NTORQ 150 र नयाँ Apache RTR 200 4V Projector Headlamp with USD सहित TVS का सम्पूर्ण मोडलहरूको प्रदर्शन
आकर्षणहरू
मेलामा आगन्तुकहरूले जिमखाना स्टन्ट शो, TVS का विभिन्न मोडलहरूको टेस्ट राइड, गेम्स जोन र खानपानका स्टलहरूको आनन्द लिन सक्नुहुनेछ, जसले यो मेलालाई परिवार र राइडिङ प्रेमी दुवैका लागि रमाइलो चाडपर्वको दिन बनाउनेछ। मेला भृकुटीमण्डपमा २८ सेप्टेम्बरदेखि ४ अक्टोबरसम्म सञ्चालन हुनेछ र हरेक दिन बिहान १० बजेदेखि खुला रहनेछ।
थप जानकारीका लागि: ९८०२०७१०२०, ९८०२०७१९९४, ९७०५३९१४२८
जगदम्बा मोटर्स प्रा.लि.को बारेमा
नेपालमा TVS मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि. देशकै सबैभन्दा विश्वसनीय अटोमोटिभ संस्थाहरूमध्ये एक हो। दशकौंदेखि कम्पनीले देशव्यापी विस्तृत सञ्जाल, उत्कृष्ट बिक्रीपश्चात् सेवा तथा नवीन र उच्च गुणस्तरका सवारी साधन उपलब्ध गराउने प्रतिबद्धतामार्फत नेपालमा आवागमन सुविधालाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। विश्वस्तरमा प्रतिष्ठित उत्पादन र प्रविधि नेपाली उपभोक्तासम्म पुर्‍याउँदै जगदम्बा मोटर्सले रोजगारी सिर्जना, सीप विकास र नेपालको अटोमोटिभ क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।