काठमाडौं – पछिल्लो २४ घण्टामा थप ८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये २९२ जना महिला र ५४६ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ५७९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ७९ हजार ८९९ वटा को पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार
काठमाडौँ उपत्यकाका १८२ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? 

हाल क्वारेन्टिनमा १२ हजार २३४ जना रहेका छन् भने १२ हजार १३२जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार ५८६ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ५४६ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १८ हजार २१४जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५९.८ प्रतिशत हो । पछिल्लो २४ घण्टामा २५० जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १३७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।