काठमाडौँ – सत्तारुढ दल नेपाली कांग्रेसले निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा छेडखानी गरेर विश्वासघात गरेको जनाएको छ ।


ADVERTISEMENT


पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्य सम्पादन समितिको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांगे्रसका प्रवक्ता डा. प्रकाशशरण महतले विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको छेडखानी क्षम्य नहुने बताए ।


ADVERTISEMENT

# # #


राज्य व्यवस्था तथा सुशासन समितिबाट सर्वसम्मतिले पारित भएको विधेयकमा पदीय दुरुपयोग गर्नेलाई छानविन गरी कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । उनले भने, ‘यो एकदमै अक्ष्यम्य काम भएको छ । यसको छानबिन पनि हुनुपर्छ र त्यसलाई सच्याएर हामीले पास गर्नुपर्छ ।’

माथिल्लो सदनमा विद्येयक पारित गर्न बाँकी रहेकाले यसअघि भएका सहमति अनुसार नै कार्यान्वयन हुनुपर्ने उनले बताए ।

सरकारमा नेपाली कागें्रसको प्रभावकारी उपस्थितसँगै गठबन्धनको विकल्प नभएकोे उनले बताए । पार्टीबाट सरकामा रहेका मन्त्रीहरुको काममा सन्तोषजन नभएको बैठकमा केन्द्रिय सदस्यहरुले धारणा राखेको उनले जानकारी दिए । संसदभित्र र बाहिर रहेका पार्टीका जिम्मेवार नेताहरुले नै अनुशासन भन्दा बाहिर गएर पार्टीेको विपक्षमा अभिव्यक्ति दिने गरेको विषयमा पनि केन्द्रीय सदस्यहरुले ध्यानाकर्षण गराएको उनले बताए । केन्द्रीय समितिको बैठक बुधबार पनि जारी रहने उनले बताए ।