काठमाडौँ – केहीदिन अघि कोरोना पोजेटिभ देखिएपछि होम आइशोलेसनमा बसेका काँग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । मंगलवार साँझदेखि उनलाई ज्वरो बढ्न थालेपछि अस्पताल भर्ना गरिएको हो ।


ADVERTISEMENT


उनलाई उपचारका लागि चाबहिलस्थित ॐ अस्पतालमा भर्ना गरिएको हो ।


ADVERTISEMENT

# # #


कोइरालाको उपचारमा ॐ अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. विश्वनाथ कोइराला नेतृत्वको टोली खटिएको छ ।