काठमाडौँ – आगामी सेप्टेम्बरमा जापान आयोजना हुने २०औँ एशियाली खेलकुदका लागि ३० खेल हरु दर्ता भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।


ADVERTISEMENT


मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै कमिटीले असार १६ गतेसम्म एशियाली खेलकुदका लागि खेलहरु दर्ता गर्न दिइएको समयसीमाभित्र ३० वटा खेलहरु दर्ता भएको जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषद्लाई खेलहरु दर्ता गर्नका लागि पत्रचार गरेपनि कुनै प्रतिक्रिया नआएको कमिटीका महासचिव राजीव श्रेष्ठले बताए । दर्ताका लागि सिफारिस नभएको खेलहरुलाई समावेश नहुने भन्दै यस विषयमा सरकारसँग थप छलफल गर्ने उनले बताए ।

यसैगरी अक्टोबर २२ देखि ३१ सम्म बहराइनमा हुने थर्ड युथ एसियन गेम्सको सन्दर्भमा पनि खेलकुद मन्त्रालयमा पत्रचार गरेको र यसमा पनि कुनै जवाफ नआएको उनले बताए । कुन कुन खेललाई समेट्ने भन्ने बारेमा मन्त्रालयलले कुनै समन्वय नगरेको कमिटीले आरोप लगाएको छ ।

एसियन गेम्सका लागि जुलाई २१ सम्म नेपाली टिमले दर्ता गरिसक्नुपर्ने पनि कमिटीले जनाएको छ ।जीवनराम श्रेष्ठले अवैधानिक हिसाबले तेस्रो कार्यकालका लागि ओलम्पिक कमिटीको अध्यक्ष बनेको भन्दै कुनै सहकार्य नगर्ने मन्त्रालयले बताउँदै आएको छ ।