काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कोरोना भाइरस (कोभिड–१९) संक्रमण मुक्त भएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत पारसले २५ दिनपछि आफ्नो कोरोना रिपोर्टन नेगेटिभ आएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT


उनले आफ्नो उपचारका लागि सहयोग गर्ने डाक्टर, स्वाथ्यलाभको प्राथना गर्ने शुभचिन्तकलाई धन्यवाद दिएका छन् । पासले आफू सन् २०२१ का लागि पूर्णरुपमा तयार भएको जनाउ दिएका छन् ।


ADVERTISEMENT

# # #


पारसलाई गत मंसिर २६ गते कोरोना पोजेटिभ देखिएको थियो । कोरोना देखिएपछि उनले चितवनको भरतपुरमा निर्माणधीन गौमत बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आयोजित गौतम बुद्ध कप टी–२० प्रतियोगिता छुटाएका थिए ।

After 25 days,milllion seconds that have passed by & Multiple PCR tests finally tested Covid -Negative.
Would like to…

Posted by Paras Khadka on Monday, January 4, 2021