काठमाडौँ – राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले संसद विघटनलाई सदर गरे संविधान कागजको खोस्टोमा परिणत हुने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार राष्ट्रियसभा बैठकमा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवक्ता समेत रहेका श्रेष्ठले संविधानअनुसार फैसला गर्ने र संसद पुनर्स्थापना हुने विश्वास व्यक्त गरेका छन्


ADVERTISEMENT

# # #


‘संविधानमा हुँदै नभएको प्रावधान कसैले प्रयोग गर्ने र त्यसलाई अनुमोदन गर्न संविधान संशोधन गर्ने फैसला सर्वोच्चले गर्‍यो भने संविधान कागजको खोस्टोमा परिणत हुन्छ,’ उनले भने, ‘संविधान च्यातिएको अवस्था हुन्छ। समग्र अवस्था उल्टिने खतरा हुन्छ। संविधान सम्मत ढंगले फैसला गर्छ भन्ने विश्वास छ।’

उनले संसद विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेपनि सर्वोच्चलाई संविधान संशोधनको अधिकार संविधानले नदिएको उनले बताए।

संविधानमा प्रधानमन्त्रीलाई संसद विघटन गर्ने कुनै अधिकार नभएको उनले दाबी गरे। पार्टीको आन्तरिक मामिलाको कारणले नेपाली जनताले संघर्ष गरेर ल्याएको संविधानको हत्या गर्न नपाइने भन्दै पार्टी प्रवक्ता समेत रहेका सांसद श्रेष्ठले प्रधानमन्त्रीको असंवैधानिक कदमका विरुद्ध सडकमा जानु परेको बताए।