काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्प कमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालको समूहलाई आगामी निर्वाचनमा देशभरमा १० वटा सिट ल्याएर देखाउन चुनौति दिएका छन् ।


ADVERTISEMENT


शुक्रबार कैलालीको धनगढीमा आयोजित आमसभालाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा देशभरबाट दुई अंकमा निर्वाचन क्षेत्रमा जितेर देखाउन चुनौति दिएका हुन् । उनले भने, ‘चोइिटिएर जानेहरुलाई म भन्न चाहन्छु, दुई अंकमा सिट जितेर देखाउनुहोस् । भनेको देशभरिबाट १० सिट ल्याएर देखाउनुहोस् ।’


ADVERTISEMENT

# # #


उनले प्रचण्ड–नेपाल समूहलाई पार्टी छाडेर भागेका भगौडाको संज्ञा दिँदै गायक जीवन शर्माको गीतजस्तै ‘पिलो निचोरिँदैमा शरीरको वजन नघट्ने’ बताए ।

प्रचण्डतर्फ संकेत गर्दै ओलीले छोरी, बुहारीहरुको चिन्ता भएकाहरुले नेकपालाई आफ्नो पार्टी हो भन्न नसुहाउने बताए । आफूलाई गणतन्त्र विरोधी भन्नेहरुलाई जवाफ दिँदै उनले भने, ‘५० वर्ष अघि गणतन्त्रका लागि संघर्षको मैदानमा उत्रिने म नै थिएँ । अरु कोही थियो ?’ गणतन्त्रका लागि आन्दोलन गर्दा १४ वर्ष आफू जेल बस्नु परेको उनले सुनाए ।

संसद पुनर्स्थापना नहुने जिकिर गर्दै उनले मध्यावधि निर्वाचन समयमै हुन्छ भन्ने कुरामा सशंकित नहुन आग्रह गरे । उनले प्रचण्डले जस्तो आफूले लाभका पदमा आफन्तलाई राखेको प्रमाणित गर्न पनि चुनौति दिए ।