काठमाडौं –  नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।

मतदानमा महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले भाग लिनेछन्। मतदान प्रक्रियामा सबैभन्दा पहिले कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले मतदान गरेका थिए।


ADVERTISEMENT

#
#


यसअघि बिहीबारका लागि तय गरिएको मतदान मतपत्र छपाइमा भएको ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएका कारण स्थगित भएको थियो। तयारी पूरा भएपछि आज मतदान प्रक्रिया अघि बढाइएको निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।

महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुँदै गर्दा सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भइरहेको छ। मतदान सम्पन्न भएपछि मतगणना गरी नयाँ नेतृत्वको टुंगो लगाइनेछ।

नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदानलाई कांग्रेसको आगामी राजनीतिक दिशा र संगठनात्मक नेतृत्व निर्धारण गर्ने महत्त्वपूर्ण प्रक्रियाका रूपमा हेरिएको छ।