काठमाडौं – नेपाल निर्माण व्यवसायी महासंघका पूर्व अध्यक्ष शहीद शरदकुमार गौचनको नवौं स्मृति दिवसको अवसरमा महासंघ प्राङ्गण अनामनगरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

श्रद्धाञ्जली सभाका क्रममा महासंघ परिसरमा रहेको स्वर्गीय गौचनको अर्ध कदको सालिकमा माल्यार्पण गरिएको थियो । श्रद्धाञ्जली सभामा सहभागीहरुले नेपालको निर्माण क्षेत्रको विकास विस्तारमा स्वर्गीय गौचनले निर्वाह गरेको महत्त्वपूर्ण भूमिकाको स्मरण गरेका थिए ।


ADVERTISEMENT

#
#


कार्यक्रममा महासंघका अध्यक्ष निकोलश पाण्डेले नेपाली निर्माण उद्योगमा गौचनको अभाव सधैँ महसुस हुने बताए ।

गौचनको २०७४ साल असोज २३ गते नयाँ बानेश्वरस्थित आफ्नो निवासबाट अनामनगरस्थित महासंघ कार्यालय आउने क्रममा निवास नजिकै गोली हानी हत्या गरिएको थियो । २०७४ साल असोज २७ गते बसेको मन्त्रिपरिषद् बैठकले गौचनलाई शहिद घोषणा गरेको थियो ।