काठमाडौं – काठमाडौँ महानगरपालिक, महानगर प्रहरी बलले काठमाडौंको नयाँ बसपार्कमा निशुल्क स्वास्थ्य परिक्षण शिविर सञ्चालनमा ल्याइएको छ ।
दशैको अवसरमा उपत्यकाबाहिर जाने यात्रुहरूको सहजता र स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष तथा निःशुल्क स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको काठमाडौं महानगर प्रहरी बलका प्रमुख विष्णुप्रसाद जोशीले जानकारी दिए । यात्रुहरूलाई आवश्यक सहजीकरण प्रदान गर्नुका साथै स्वास्थ्य परीक्षणमार्फत यात्रुहरूको स्वास्थ्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ ।
साथै उनले निशुल्क स्वास्थ्य परिक्षणमा आउने यात्रुहरुलाई कुनै समस्या देखि निशुल्क औषधी बितरण गरिने व्यवस्था मिलाइएको उल्लेख गरे ।

















