विराटनगर – अन्तरिक राजश्व कार्यालय विराटनगरले चालू आर्थिक वर्षको सुरुवाती सात महिनामा लक्ष्यभन्दा १०१ प्रशित बढी राजश्व संकलन गरेको छ ।
कार्यालयले गत साउनदेखि माघ महिनासम्म ४ अर्ब ५१ करोड ९८ लाख रुपैयाँ राजश्व संकलन गरेको हो । कार्यालय प्रमुख विमल सापकोटाका अनुसार यो कार्यालयको लक्ष्यभन्दा तीन गणा बढी राजश्व संकलन हो ।
कार्यालयले असुली गर्ने राज्यमध्ये २५ प्रतिशत मदिरा उद्योगबाट उठ्ने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) कारण मदिराको बिक्रि घट्दा ६० प्रतिशत मात्रै अन्तशुल्क शीर्षकमा राजश्व असुली भइरहेको कार्यालय प्रमुख सोपकोटाले जानकारी दिए । कोरोनाले मदिरा उद्योग प्रभावित हुँदा त्यसको असर पनि राजश्व असुलीमा परेको उनको भनाई छ ।
कार्यालयले चालू आर्थिक वर्षमा ८ अर्ब ८२ करोड ८७ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेको छ । औद्योगिक तथा व्यापारिक प्रतिष्ठानले वार्षिक कोरोबारको कर असार मसान्तमा बुझाउने भएकाले कार्यालयले राखेको लक्ष्य सजिलै पार हुने कार्यालय प्रमुख सोपकोटाले बताए ।