काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा आजै फैसला सुनाउने भएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको छ ।


ADVERTISEMENT


गत पुस। ५ गते प्रधानमन्त्री केपी शर्माओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन् ।  संसद विघटन असंवैधानिक रहेको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट दायर भएका थिए ।


ADVERTISEMENT

# # #


उक्त रिटहरुलाई संवैधानिक इजलासमा लगेर गत माघ ५ देखि सर्वोच्चले नियमित सुनुवाइ गरेको थियो ।