काठमाडौँ – ज्योति लाइफ इन्स्योरेन्सको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार भएको बाँडफाँटमा ५ लाख ९४ हजारले शेयर पाएका हुन् ।


ADVERTISEMENT


उनीहरुले १०–१० कित्ता शेयर पाएको बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले जनाएको छ । १२ लाख ३ हजार ८ सय ३५ जना भने खाली हात भएका छन् । कम्पनीको आईपीओमा अहिलेसम्मकै धेरै १८ लाख ४२ हजार ४ सय ८० जनाले आवेदन दिएका थिए ।


ADVERTISEMENT

# # #


आवेदन दिएकामध्ये ४४ हजार ६ सय ४५ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनएमबी क्यापिटले जानकारी दिएको छ । १७ लाख ९७ हजार ८ सय ३५ जनामध्ये गोलाप्रथाबाट आइपीएओ पाउनेको टुंगो लगाइएको हो ।

ज्योति लाइफले एक सय रुपैयाँका दरले ६६ करोड बराबरको ६६ लाख कित्ता सेयर निष्कासन गरेको थियो । त्यसध्ये ५ प्रतिशत अर्थात् तीन लाख ३३ हजार कित्ता सामूहिक लगानी कोषलाई र तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई छुट्याइएको थियो । बाँकी रहेको ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएको थियो ।

यसरी हेर्नुहोस

आईपीओ रिजल्ट मेरो शेयरको वेबसाइट https://iporesult.cdsc.com.np मा हेर्न सकिन्छ । यस्तै ज्योति लाइफको वेबसाइट https://jyotilife.com र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट https://www.nmbcl.com.npमा समेत हेर्न सकिन्छ ।