• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड

Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page




मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

May 2, 2021 |

मुख्यमन्त्री पोखरेलको राजीनामा स्वीकृत

384
SHARES
ShareTweet

लुम्बिनी– प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नो पदबाट राजीनामा दिएका छन् ।


ADVERTISEMENT


मुख्यमन्त्री पोखरेलले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवसमक्ष आज दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले एक विज्ञप्ति जारी गर्दै जनाएको हो ।


ADVERTISEMENT

# # #


साथै संविधानबमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजूदा मन्त्रिपरिषद्लाई नै प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न तोकिएको छ ।

मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृतिलगत्तै नेकपा (एमाले) एकल सरकार गठनको दावीसहित अघि बढ्ने प्रदेशसभामा पार्टीका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिएका छन् । प्रदेशसभामा एमाले सबैभन्दा ठूलो दल भएकाले अब आफ्नै नेतृत्वमा एकल सरकार गठनका लागि अगाडि बढ्न मुख्यमन्त्रीले राजीनामा दिएको प्रमुख सचेतक ढकालले स्पष्ट पारे। एमाले अब संविधानको धारा १६८ को उपधारा १ बमोजिम नयाँ सरकार गठनका लागि अगाडि बढ्ने जनाइएको छ ।

तीन वर्षअघि नेकपा (माओवादी केन्द्र) सम्मिलित एमालेका पोखरेल नेतृृत्वको सरकारविरुद्ध केही दिनअघि माओवादी केन्द्र र नेपाली कांग्रेससहितले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तासँगै माओवादी केन्द्र मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारबाट फिर्ता भएको थियो । सोही दिन मुख्यमन्त्री पोखरेलले जनता समाजवादी पार्टीका चार सदस्यलाई सरकारमा सहभागी गराई मन्त्रिमण्डल पुनर्गठन गरेको थियो ।

मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि आजदेखि प्रदेशसभामा छलफल हुने र सोमबार मतदान हुने कार्यक्रम थियो । प्रदेशसभाको बैठक आज अपराह्न १ बजे बस्दै छ । रासस

#




#
#

#







#




#

#


Share:

Rate:

Previousकोरोना प्रभाव : मालपोत र नापी कार्यालयका सेवा स्थगित
Nextकाठमाडौँमा एक हजार शय्या थप्छौँ, अत्यावश्यक औषधि तीन दिनमा आपूर्ति हुन्छ – स्वास्थ्यमन्त्री

ताजा खबर

  • काठमाडौँमा थप १०० स्मार्ट विद्युतीय बस चलाउन छलफल
  • राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय तथा सैनिक सङ्ग्रहालयको अवलोकन
  • राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट, कर्णाली करिडोरलाई व्यापारिक मार्गका रुपमा अघि बढाइने
  • काँगेस केन्द्रीय कार्यसमिति बैठक : महाधिवेशनका लागि क्यालेन्डर बनाउनुपर्नेमा जोड
  • आगामी नोभेम्बरमा दक्षिण कोरियामा नेपाल-कोरिया सांस्कृतिक तथा पर्यटन प्रदर्शनी

#
#
#
#
#
#
#
#
#
#
#
#
#

#

#
#
#

#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved