काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले काठमाडौँमा कोरोना उपचारका लागि १ हजार शय्या थप गर्ने बताएका छन् । उनले आइतवारदेखि नै उपत्यकामा एक हजार बेड थप गर्ने बताए ।


ADVERTISEMENT


शुक्रवार मन्त्रालयले अस्पताल भरिएको र अब बेड उपलब्ध गराउन नसक्ने भनेपछि चर्को आलोचना भएको थियो । आलोचनापछि जवाफ दिँदै स्वास्थ्यमन्त्री त्रिपाठीले सरकार कोरोना नियन्त्रणमा हात बाँधेर नबसेको सक्रिय रुपमा लागेको बताए । ‘आतंकित हुने अवस्था छैन सबै जिम्मा सरकारले लिएको छ र सरकार आफ्नो प्रतिवद्धता पूरा गर्न प्रतिवद्ध छ,’ उनले भने, ‘बाहिर प्रचार भए जस्तो सरकारले हातखुट्टा छाडेको छैन सरकार जिम्मेवारीका साथ कर्तव्य पालनमा अगाडि बढेको छ ।’ संसारमा उपलब्ध भ्याक्सिन, अक्सिजन , सिलिन्डर लगायत आवश्यक सबै स्वास्थ्य सामाग्रीको यथासम्भव जोहो गर्न सरकार दत्तचित्त भएर लागेको उनको भनाइ थियो ।


ADVERTISEMENT

# # #


उनले अत्यावश्क औषधि तीन दिनभित्र ल्याइपुगाउने समेत जानकारी दिए । उनले नागरिकको स्वास्थ्यप्रति सरकार संवेदनशील रहेको बताउँदै कोरोना नियन्त्रणको व्यवस्थापनमा भएका त्रुटिको नैतीक जिम्मेवार आफूले लिने बताए ।

भिडियो

https://fb.watch/5dYw-J3lO3/