काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) संक्रमण तीव्र रुपमा फैलिँदै गएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । मंगलबार निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय गरेको काठमाडौँ उपत्यकोका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले निषेधाज्ञा थप कडा पार्ने भएको हो ।


ADVERTISEMENT


बैठकमा निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न मोडालिटी परिर्वन गर्दै निषेधाज्ञा थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । उनले बैंशाख २३ गतेदेखि पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने र बेलुका पूर्ण रुपमा बन्द गरिने बताए ।


ADVERTISEMENT

# # #


त्यस्तै नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाई गरिने पराजुलीले जानकारी दिए । पराजुलीका अनुसार बैंक तथा वित्तिय संस्थामा केन्द्रीय कार्यालयको हकमा २० प्रतिशत कर्मचारी र शाखामा २५ प्रतिशत कर्मचारी राखेर सञ्चालन गर्न पाइनेछ । सरकारी कार्यालय, मन्त्रालय र विभागमा ४० प्रतिशत कर्मचारीबाट सेवा प्रवाह गरिने उनले बताए ।

त्यस्तै निषेधाज्ञालाई पूर्ण रुपमा कार्यान्वयन गराउन अनुगमनको कामलाई तीव्रता दिने निर्णय बैठकले गरेको छ ।