काठमाडौँ – सामाजिक संस्था दुःखको साथी नेपालले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि देशव्यापी रुपमा अभियान थालेको नेपाल खेलकुद महासंघ (नेकोस)लाई सहयोग गरेको छ ।


ADVERTISEMENT


मंगलबार एक कार्यक्रमकाबीच दुःखको साथी नेपालले नेकोसको अभियानमा थप टेवा पुर्याउने उद्देश्यले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष जया पोखरेल सहित कोषाध्यक्ष करुणा दाहाल, सदस्य सुरज श्रेष्ठ तथा सल्लाहकारद्वय तिर्थेन्द्र न्यौपाने, भगवान थापा लगायतको उपस्थितिमा थियो । यस्तै महासंघ(नेकोस)को तर्फबाट उपमहासचिवद्वय शान्तामाया परियार, रामकृष्ण खड्का तथा सचिव सन्तोष वान्तवा रहेका थिए ।


ADVERTISEMENT

# # #


हुनेसंगलिने, नहुनेलाई दिने मूल नाराका साथ स्थापित संस्थाले गत वर्ष पनि लक डाउनको अवधीमा करिब १२ सय घर परिवारलाई राहत सामाग्री वितरण गरेको थियो। जाडोमा न्यानो कपडा तथा गर्मी लागेपछी झुल लगायतका सामाग्री वितरण गरेको संस्थाले दुई महिनाअघि क्यान्सर पीडित पत्रकार कमल पौडेललाई उपचार खर्च सहयोगसहित पाँचजना पत्रकारहरुलाई सम्मान गर्दै आफ्नो वार्षिकोत्सव मनाएको थियो।

आफ्नो उद्देश बमोजिम निरन्तर समाजसेवामा तल्लीन संस्थाले यसैको निरन्तरता अनुरुप नेकोसलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।