काठमाडौँ– कोरोना महामारीका बीच थलिएको एसईईको परीक्षा गतवर्षको मोडालिटी अनुसार नै गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रस्ताव गरेको छ ।


ADVERTISEMENT


मन्त्रालयले माध्यमिक शिक्षा (एसईई) को परीक्षा गतवर्ष झैं आन्तरिक मूल्यांकन विधि अनुसार नै गर्ने प्रस्तावलाई मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


राष्ट्रिय परीक्षा बोर्डले आइतबार मात्रै एसईई परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न र शिक्षा मन्त्रालयसँग अनुमति मागेसंगै शिक्षामन्त्री गिरीराज पोखरेलको अध्यक्षतामा सोमबार बसेको बैठकले सो निर्णय गरेको शिक्षामन्त्रीका प्रेस संयोजक ईश्वरराज ढकालले जानकारी दिएका छन् ।

गतवर्ष पनि कोभिड–१९ कै कारण १ दिनअघि मात्रै रद्द भएको एसईई परीक्षाको नतिजाको जिम्मा विद्यलायलार्ई नै दिइएको थियो । त्यसै अनुरुप विद्यालयले पनि विद्यार्थीको आन्तरिक मुल्यांकन गरी परीक्षाको नतिजा सार्वजनिक गरेको थियो ।