काठमाडौं विपिन जोशीको शब्द तथा संगीत, निर्मलराज पौडेलको स्वर र मनिषराज पौडेलको निर्देशनमा तयार भएको नयाँ गीत ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ सार्वजनिक भएको छ ।

वेलकम एभी प्रोडक्सनले निर्माण गरेको उक्त गीतको भिडियोमा पछिल्लो समय विकसित कृत्रिम बौद्धिकता (एआई) प्रविधिको प्रयोग गरिएको छ । नेपाली गीतसंगीतको क्षेत्रमा नयाँ प्रयोग गर्ने उद्देश्यसहित तयार गरिएको यस गीतले प्रेम, माया र भावनात्मक सम्बन्धका विषयलाई समेटेको छ ।


ADVERTISEMENT

# #


पछिल्लो समय नेपाली गीतसंगीतको उत्पादन तथा प्रस्तुतीकरणमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको छ । यसै क्रममा ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीतको भिडियो निर्माणमा पनि एआई प्रविधिको उपयोग गरिएको निर्माण पक्षले जनाएको छ । परम्परागत भिडियो निर्माण प्रक्रियाभन्दा फरक ढंगले आधुनिक प्रविधिको सहायतामा दृश्यहरू तयार पार्ने अभ्यासले नेपाली संगीत क्षेत्रमा नयाँ सम्भावनाका ढोका खोल्दै गएको छ ।

एआई प्रविधिको प्रयोगले कम समयमा आकर्षक दृश्य सामग्री तयार पार्न तथा सिर्जनात्मक अवधारणालाई दृश्यमा रूपान्तरण गर्न सहज बनाएको गायक पौडेलले जानकारी दिए । वेलकम एभी प्रोडक्सनले तयार गरेको ‘आम्मैनी मार्यो, कान्छीको माया ले’ गीत अहिलेको डिजिटल युगमा नेपाली संगीत सिर्जना र भिडियो निर्माणमा भइरहेको प्रविधिगत परिवर्तनको एउटा उदाहरणका रूपमा रहेको छ ।


ADVERTISEMENT

#
#