सिरहा – सिरहा नगरपालिका–१३ स्थित सडकमा आफैँ अनियन्त्रित भई ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


ADVERTISEMENT


मृत्यु हुनेमा ट्र्याक्टर चालक सोही नगरपालिका–१६ निवासी २२ वर्षीय सुरज गोइत रहेको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


स१त ३९७२ नंको ट्र्याक्टर गए राति आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टर चालक गोइतको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।