चितवन – गैरआवासीय नेपाली संघले नारायणी अस्पताललाई साढे २२ लाख सहयोग गरेको छ । संघले २२ लाख ६० हजार आर्थिक सहयोग गरेको गैरआवासीय राष्ट्रिय समन्यव परिषद् जापानले उपलब्ध गराएको उक्त रकम अस्पतालमा बाल आईसीयु बनाउन सहयोग गरेको परिषद् जापानका प्रवक्ता सिद्धार्थ श्रेष्ठले बताए ।
परिषद्ले केही समयअघि नारायणी अस्पतालसँग सहकार्य गर्न अस्पताल व्यवस्थापन समितिलाई प्रस्ताव पेश गरेको थियो । हालै सोही प्रस्तावलाई अस्पताल व्यवस्थापन समितिले स्वीकृत गरेपछि बाल आईसीयु बन्ने काम अगाडि बढेको हो ।
गैरआवासीय नेपाली सङ्घका केन्द्रिय कोषाध्यक्ष महेश श्रेष्ठलाई सङ्घका पूर्वअध्यक्ष भवन भट्टले उक्त रकम र अन्य स्वास्थ्य सामग्री राष्ट्रिय परिषद् जापानको कार्यालयमा हस्तान्तरण गरेका थिए । रासस